Skip to content

Latest commit

 

History

History
258 lines (129 loc) · 32.7 KB

nepali.md

File metadata and controls

258 lines (129 loc) · 32.7 KB

BBC News नेपाल

चीन अमेरिकासँग 'जस्तोसुकै युद्ध'का निम्ति तयार

२०२५ मार्च ६, बिहिबार: ०४:३४:३१

अमेरिकाले चिनियाँ सामानको आयातमा कर लगाइदिएपछि चीनले प्रतिक्रिया व्यक्त गरेको हो।

दुईपाङ्ग्रेका लागि १८ र चारपाङ्ग्रेका लागि २१ वर्षमा मात्रै लाइसन्स दिने प्रस्ताव किन

२०२५ मार्च ६, बिहिबार: ०१:२४:३२

अहिले १६ वर्ष उमेर पूरा भएपछि मोटरसाइकल तथा स्कूरटजस्ता दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र र १८ वर्ष भएपछि मझौला सवारी साधनको चालक अनुमतिपत्र पाइन्छ। त्यसमा किन संशोधन गर्न खोजिएको हो?

अण्डाको भाउ बढेपछि अमेरिकामा कुखुरा भाडामा

२०२५ मार्च ६, बिहिबार: ०५:२४:५४

संयुक्त राज्य अमेरिकामा अण्डाको मूल्य बढ्न थालेपछि केही व्यवसायीहरूले उपभोक्तालाई कुखुरा भाडामा दिन थालेका छन्।

भारतको आकाशमा अमेरिका र रुसका लडाकु विमानबीच 'प्रतिस्पर्धा'

२०२५ मार्च ६, बिहिबार: ०१:३३:२०

भारत आफ्नो वायुसेनालाई अत्याधुनिक बनाउनुपर्ने दबावमा छ। उसका लागि अमेरिकामा उत्पादित 'फाइटर जेट' कि रुसी लडाकु विमान उपयुक्त होला?

अमेरिकी कङ्ग्रेसमा राष्ट्रपति ट्रम्पले बोलेका मुख्य कुरा

२०२५ मार्च ५, बुधबार: १३:१९:२४

पद सम्हालेको ६ सातामा देशभित्र र अमेरिकी विदेश नीतिमा उथलपुथल देखापरेका बेला डोनल्ड ट्रम्पले उक्त भाषण गरेका हुन्।

अमेरिकाले निष्काशन गरेका नौ नेपाली कसरी त्यहाँ पुगेका थिए

२०२५ मार्च ५, बुधबार: ११:१०:५७

नेपाल प्रहरीका अनुसार अमेरिकाबाट निष्काशित भई नेपाल आइपुगेका नौ जनासँग उनीहरू मानव तस्करहरूको सहयोग लिएर गएका हुन् कि हैनन् भनेर सोधपुछ गरिएको छ।

अमेरिकासँग 'कुरा मिलाउने' जेलेन्स्कीको सन्देश, ट्रम्पद्वारा स्वागत

२०२५ मार्च ५, बुधबार: १०:३५:०४

अमेरिकाले युक्रेनमा सैन्य सहायता स्थगित गर्ने घोषणा गरेलगत्तै युक्रेनी राष्ट्रपतिले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै ह्वाइट हाउसमा भएको घटनाका लागि पश्चात्ताप व्यक्त गरेका छन्।

'क्षेप्यास्त्रको छायामा कलिला बालबालिकाको नृत्य': उत्तर कोरियामा विदेशी पर्यटकहरूले अरू के देखे

२०२५ मार्च ५, बुधबार: ०१:५१:१३

ब्रिटिश पर्यटकहरूको एउटा टोली पाँच वर्षपछि पहिलो पटक उत्तर कोरिया पुग्यो। कोभिड महामारी सुरु भएपछि बन्द गरिएको सीमा अहिले बल्ल खुलेको हो।

'ट्रम्पको सोचाइ पुटिनसँग मिल्दोजुल्दो': के यो 'उदारवादी विश्व व्यवस्था'को अन्त्य हो?

२०२५ मार्च ४, मङ्गलबार: ०२:२५:२९

ज्यानुअरीमा कार्यकाल थालेयता डोनल्ड ट्रम्पले प्रदर्शन गरेको ट्र्याक रेकर्ड र सार्वजनिक टिप्पणी – खास गरी जसरी उनले एक्लिएका पुटिनलाई पुन: भित्र्याए - का माझ के अब ‘उदारवादी विश्व व्यवस्था’ सकिन लागेको हो?

डोनल्ड ट्रम्पले कस्ता कर थपे,  कुनकुन देश मारमा पर्न सक्छन्

२०२५ मार्च ४, मङ्गलबार: ०८:२५:१४

डोनल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाले स्टीलमा लगाएको करबाट क्यानडा, मेक्सिको र ब्रजिलजस्ता देशहरू मारमा पर्ने देखिएको छ भने त्यसबाट अमेरिकी उद्योगहरूमा पनि प्रभाव पर्ने छ।

नेपालमा फुटबल प्रशिक्षण दिने प्रतिष्ठान खोल्ने बुफोनको 'इच्छा'

२०२५ मार्च ४, मङ्गलबार: १०:३०:२७

सन् २००६ मा विश्वकप विजेता इटलीका कप्तान तथा गोलरक्षक बुफोन राष्ट्रिय युवा सङ्घ नेपालको विशेष निम्तोमा केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न नेपाल आएका थिए।

खाना नखाई व्रत बस्दा 'इन्सुलिन प्रतिरोध'मा असर, सन्तुलन मिलाउने उपाय यस्तो छ

२०२५ मार्च ३, सोमबार: ०२:२५:१९

इन्सुलिन प्रतिरोधको सुरुमै निदान र उपचार गर्नु टाइप टू डायबीटीज हुनबाट र मुटुरोग लाग्नबाट जोगिनका लागि महत्त्वपूर्ण छ। केही अध्ययनले यसलाई व्रत बसेर नियन्त्रण गर्न सकिने देखाएका छन्।

अमेरिकाले देशनिकाला गरेका नेपालीहरू आइपुगे, 'मानव तस्करी'बारे सोधपुछ

२०२५ मार्च ५, बुधबार: ०६:०७:४६

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बसोबासका लागि वैधानिक कागजपत्र नभएका आप्रवासीलाई तिनकै देश फिर्ता गर्ने गरी कार्यकारी आदेश जारी गरेपछि यसअघि पनि केही नेपालीहरू निकालामा परेका थिए।

सर्बियाको संसद्‌भित्र झडप, सांसदहरूले नै प्रहार गरे 'स्मोक बम'

२०२५ मार्च ५, बुधबार: ०४:५४:५८

सर्बियामा विपक्षी सांसदहरूले विद्यार्थीहरूले केही महिनादेखि गर्दै आएको विरोधप्रदर्शनको समर्थन गर्न खोज्दा संसद्‌भित्र झडप भएको हो।

सरकारले स्वास्थ्य बीमाका लागि थप स्रोत कसरी जुटाउला, पैसा नआए कार्यक्रम के होला

२०२५ मार्च ५, बुधबार: ०१:२५:४९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताका अनुसार आर्थिक स्रोत जुटाउनका निम्ति विभिन्न विफल्पबारे छलफल भइरहेको छ।

अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता ट्रम्पद्वारा रोक्का

२०२५ मार्च ४, मङ्गलबार: ०३:४६:४५

अमेरिकाले युक्रेनलाई रुसविरुद्धको युद्धमा हवाई प्रतिरक्षा क्षेप्यास्त्रसहित महत्त्वपूर्ण अस्त्रहरू प्रदान गर्दै आएको थियो।

भूमिसम्बन्धी अध्यादेश: अघि नबढ्दा के पर्छ असर?

२०२५ मार्च ४, मङ्गलबार: १३:५१:१३

सरकारले अहिले भूमिसम्बन्धी अध्यादेशबाहेक पाँचवटा अध्यादेश अघि बढाउने निर्णय गरेको छ। यससम्बन्धी काम अघि बढाइसकेको भूमि विभागले अब के गर्छ?

बजारमा एलपी ग्यास अभाव, उद्योगीले  कमिशनको माग नछोडे सरकारले के गर्छ

२०२५ मार्च ४, मङ्गलबार: ०१:२२:०३

उपभोक्ताहरूले खाना पकाउने ग्यास पाउन गाह्रो भएको गुनासो गरेका छन् भने उद्योगीहरूले आफ्ना माग पूरा नभए बिक्रीवितरण बन्द गर्ने चेतावनी दिएका छन्।

म्यान्मारका 'स्क्याम सेन्टर'मा काम गर्न पुगेका  नेपालीहरूको खोजी हुँदै

२०२५ मार्च ३, सोमबार: ११:१९:१५

म्यान्मारमा रहेका स्क्याम सेन्टरहरूबाट हजारौँ विदेशी नागरिक मुक्त भएका छन्। तर त्यहाँ ठ्याक्कै कति नेपालीहरू फसेका छन् भन्ने यकिन विवरण नेपाली अधिकारीहरूसँग अझै छैन।

निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण

२०२५ मार्च ३, सोमबार: ०४:५५:१८

चन्द्रमामा पृथ्वीबाट देखिने विशाल खाडल 'सी अफ क्राइसिस' अन्वेषण गर्ने उद्देश्यसहित प्रक्षेपित 'ब्लू गोस्ट' नामक अन्तरिक्षयानले चन्द्रमामा अवतरण गरेको छ।

नेपालमा कस्ताकस्ता खनिज पदार्थ छन्, के युक्रेनमा जस्तै 'रेअर अर्थ' तत्त्वहरूको खानी पनि छ

२०२५ मार्च २, आइतबार: ०२:२४:४७

नेपालमा विभिन्न खनिज पदार्थको उत्खननका लागि सरकारी र गैरसरकारी स्तरबाट काम अघि बढाइएको भए पनि नेपालले आफ्नो खनिज भण्डारबाट खासै फाइदा लिन नसकेको विज्ञहरूले औँल्याएका छन्।

रमजान : एक महिना लामो व्रतमा के खाने, के नखाने

२०२५ मार्च २, आइतबार: ०७:५६:०७

कतिपय मानिसलाई रमजानको व्रत गाह्रो नलाग्न पनि सक्छ, तर दैनिक कामकाज लगायतका गतिविधिमा संलग्न हुने मानिसहरूका लागि चुनौतीपूर्ण हुन सक्छ। उसो भए महिनाभरिको व्रतका क्रममा भोक र तिर्खालाई पन्छाउन तपाईँले के कस्ता खाना खानुपर्छ त?

ट्रम्प-जेलेन्स्की वार्ता १० मिनेटमै कसरी असफल भयो

२०२५ मार्च १, शनिबार: ०९:५२:००

ट्रम्प-जेलेन्स्की बैठकका दौरान दुवै पक्षलाई आवेशमा ल्याउने कैयौँ क्षणहरू आएका थिए। यहाँ त्यसमध्येका केही क्षणहरू र त्यस पछाडिको राजनीति र भावनात्मक पक्षको चर्चा गरिएको छ।

यूट्यूबमा दशौँ करोड 'भ्यू' पाएकी गायिका शान्ति श्रीको सङ्घर्ष र सफलताको कथा

२०२५ मार्च २, आइतबार: ०३:१४:४६

३,००० भन्दा बढी गीत गाएकी शान्ति श्रीले नौ वर्ष काठमाण्डूका दोहोरी साँझमा कसरी सङ्घर्ष गरिन्?

'मौसमी फ्लू'ले बालबालिकादेखि ठूलासम्म मारमा, बच्ने उपाय थाहा पाउनुहोस्

२०२५ मार्च १, शनिबार: ०२:२८:४४

काठमाण्डूको महाराजगन्जस्थित कान्ति बाल अस्पतालका प्रवक्ता डा. सुमित अग्रवालका अनुसार हाल दैनिक आउने गरेका बिरामीमध्ये आधा जति 'मौसमी फ्लू'जस्ता समस्या भएका बिरामी हुने गरेका छन्।

अन्तर्राष्ट्रिय सहयोगको भविष्य: अमेरिका पछि हट्दा  चीन अघि सर्ला त?

२०२५ मार्च १, शनिबार: ०६:१८:१८

अमेरिका अन्तर्राष्ट्रिय सहयोगको जगतबाट पछाडि हटेजस्तो देखिँदा तत्काल चीनले खाली ठाउँ भर्न सक्ने देखिँदैन, तर बेइजिङ्ले दीर्घकालीन सोचाइ राखेको हुन सक्छ।

बलियो हुनका लागि तपाईँलाई कति प्रोटीन आवश्यक पर्छ?

२०२५ फेब्रुअरी २५, मङ्गलबार: ०१:४८:२२

प्रोटिन पाउडर र प्रोटिन धेरै भएका खानेकुराहरू जताततै उपलब्ध हुँदा मानिसहरूले आफूलाई चाहिने भन्दा धेरै खाइरहेका हुनसक्ने जानकार बताउँछन्। शरीरलाई प्रोटिन चाहिने भए पनि अत्यधिक प्रोटिन शरीरमा हुँदा त्यसले सम्भावित खतराहरू निम्त्याउँछ।

कोठाभित्रको ढुसीले स्वास्थ्यमा पार्ने असर र जोगिने उपाय

२०२५ फेब्रुअरी २४, सोमबार: ०२:०५:०९

निकोल र डेलानीले आफ्नो स्वास्थ्यमा समस्याहरू देखा परेपछि कैयौँ डाक्टरहरूलाई देखाए तर थुप्रै लक्षणहरू देखिँदा पनि कसैले उनीहरूलाई के भएको हो भनेर पत्ता लगाउन सकेनन्।

नेतान्याहूलाई स्वागत गर्दै ट्रम्पले भने अमेरिकाले गाजालाई आफ्नो 'जिम्मामा लिन चाहन्छ'

२०२५ फेब्रुअरी ५, बुधबार: ०३:१५:५४

गाजाको सम्पूर्ण जनसङ्ख्यालाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने बताएका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले उक्त प्यालेस्टिनी भूभागलाई ‘मध्यपूर्वको बिदा मनाउने स्थल’ बनाइदिनसक्ने बताएका छन्।

थप छ बन्धकहरू हमासको कब्जाबाट 'मुक्त हुने' र गाजावासीहरू उत्तरी क्षेत्रमा 'आउन पाउने'

२०२५ जनवरी २७, सोमबार: ०४:०६:५६

युद्धविराम सम्झौता लागु भएपछि हमासको कब्जाबाट सात जना इजरेली बन्धक र इजरेली जेलबाट २०० जना भन्दा बढी प्यालेस्टिनी बन्दीहरू मुक्त भएका छन्।

युद्धविराम सुरु भएपछि इजरेल र हमास के गर्दै छन्, गाजाको पछिल्लो अवस्था के छ

२०२५ जनवरी २०, सोमबार: ०३:४४:१७

संयुक्त राष्ट्रसङ्घका अनुसार आइतवार ६३० भन्दा बढी मानवीय सहायता सामग्री बोकेका ट्रकहरू गाजा प्रवेश गरेका छन्। साथै दुवै पक्षबाट केही बन्धक तथा कैदीहरू मुक्त भएका छन्।

तीन घण्टा ढिलो गरी गाजामा सुरु भएको युद्धविरामबारे हामीलाई के थाहा छ?

२०२५ जनवरी १९, आइतबार: १५:५०:३५

हमासले रिहा हुने बन्धकको नाम सार्वजनिक गरेपछि तीन घण्टा ढिलो गरी गाजामा बहुप्रतीक्षित युद्धविराम सुरु भएको छ।